Logo

राष्ट्रिय फुटबल टाेलीका प्रमुख प्रशिक्षक अलमुताइरीले राजीनामा दिए



काठमाडौँ, २६ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अलमुताइरीले आफूले कार्यकाल सम्हालेको पाँच सय २५ दिनपछि आज राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले आफ्नो कार्यकालमा खुसी, माया, दुःख र पीडा सबै प्राप्त गरेको पनि जनाएका छन् । कहिले एन्फा त कहिले खेलाडीसँगको विवादका कारण पछिल्लो समय उनी नेपालमा थिएनन् ।

प्रतिक्रिया दिनुहोस्