Logo

महिला साफ च्याम्पियनसिप: नेपाल र श्रीलंका भिड्दै



काठमाडौँ, २७ भदौ । महिला साफ च्याम्पियनसिपमा आज सोमबार नेपाल र श्रीलंका खेल्दैछन् । खेल बेलुका साढे ५ बजे दशरथ रंगशाला काठमाडौंमा सुरु हुनेछ । श्रीलंकाले पहिलो खेल भुटासँग हारेको थियो भने नेपालले भुटानलाई हराएको थियो ।

सेमिफाइनलमा पुग्नको लागि दुवै टोलीलाई आजको खेल निकै महत्वपूर्ण रहेको छ । यसअघि भुटानले श्रीलंकालाई ५ गोलले हराएको हुँदा सेमिफाइनल प्रवेशको लागि श्रीलंकालाई ठूलो अन्तरको जित चाहिएको छ ।

नेपाललाई भने बराबरी या सानो अन्तरको हारले पनि सेमिफाइनल पुर्‍याउन सक्छ । समूह ए बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्