Logo

प्रदेशस्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा १० खेलाडी छानिए



झापा, ७ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं.१ बाट शारीरिक सुगठनका १० जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।

झापाको बिर्तामोडस्थित अतिथि सदनमा भएको प्रदेश नं.१ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा प्रदेश नं.१ का नौ जिल्लाका २९ जना खेलाडीले सहभागिता जनाएकोमा प्रदेश नं.१ बाट शारीरिक सुगठनका १० जना खेलाडी छनौट भएको प्रदेश नं.१ का प्रशिक्षक गोल्डमेडलिस्ट राम दाहालले बताए ।

बिर्तामोडस्थित अतिथिसदनमा प्रदेश नं.१ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगिता अन्तर्गत बुधबार खेलाडीहरुको तौल जोख्ने र खेलाडीहरुलाई ट्याग वितरण गरिएको र बिहीबार भएको फाइनल राउण्डमा प्रदेश नं.१ का नौ जिल्लाका २९ जना खेलाडीले ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजीभन्दा माथीको तौल समूहमा प्रतिष्पर्धा गरेको उनले बताए ।

प्रदेश नं.१ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगिताको ५५ केजी तौल समूहमा अजय राजवंशी (झापा), ६० केजी तौल समूहमा सन्देश राई (झापा), ६५ केजी तौल समूहमा मनोज कटृवाल( उदयपुर) ७० केजी तौल समूहमा पवन भट्टराई (पाँचथर) ७५ केजी तौल समूहमा निखिल ताम्राकार (उदयपूर) ८० केजी तौल समूहमा शौरभ मगर (मोरङ), ७० केजी मुनी मेन फिजिक्समा अवतार श्रेष्ठ (सुनसरी) ७० केजी भन्दा माथि तोल समुहमा देवराज पराजुली (खोटाङ), ओमेन फिजिक्समा रुपा तामाङ (सुनसरी) र ओमेन बडीबिल्डरमा रजनी श्रेष्ठ छनौट भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्