Logo

इटाली यूईएफए नेसन्स लिगको फाइनल चारमा



इटाली, ११ असोज । इटाली यूईएफए नेसन्स लिगको फाइनल चारमा प्रवेश गरेको छ ।

इटालीले घरेलु टोली हंगेरीलाई २-० ले पराजित गरि फाइनल चारमा पुगेको हो ।

गएराति भएको खेलमा इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्कोले एक-एक गोल गरे । जितसँगै इटाली लिग ए समूह ३ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित हंगेरीको १० अंक छ ।

यसअघि क्रोएसिया र नेदरल्यान्डले नेसन्स लिगको फाइनल चारमा स्थान बनाइसकेका छन् । यो समूहको अर्को खेलमा जर्मनी र इंग्ल्यान्डले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्