Logo

नेपालसँग बंगलादेश पराजित



काठमाडौँ, ११ असोज । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई तीन-एकले हराएको हो ।

नेपालको जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरेका थिए ।

यस्तै बंगलादेशका लागि खेलको ५७ औँ मिनेटमा मोहम्मद टुटुल हुसेन बादशाहले सान्त्वना गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्