Logo

टी-२० विश्वकप: नेदरल्याण्ड्ससँग नामिविया पराजित



अष्ट्रेलिया, १ कात्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दोस्रो जित निकालेको छ ।

अष्ट्रेलियाको जिलोङमा भएको खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५ विकेटले हराएको हो ।

नामिवियाले दिएको एक सय २२ रनको लक्ष्य नेदरल्याण्ड्सले ५ विकेट गुमाएर तीन बल बाँकी छँदै भेटायो । उसको लागि म्याक्स ओडोडले ३५ र विक्रमजित सिँहले ३९ रन बनाएका थिए ।

नामिवियाका जेजे स्मितले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नामिवियाले जन फ्राइलिंकको ४३ रन मद्दतमा ६ विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्