Logo

भारतमा कट्टरपन्थी हिन्दू नेताको गोली हानी हत्या



भारत, १९ कात्तिक । भारतको उत्तरपश्चिम क्षेत्रमा कट्टरपन्थी हिन्दू धर्मगुरु सुधीर सुरीको गोली हानी हत्या गरिएको छ ।

सिख धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र मानिने स्थलहरू मध्ये एक विश्व प्रसिद्ध गोल्डन टेम्पलमा अवस्थित अमृतसरमा शुक्रवार विरोध प्रदर्शन गर्ने क्रममा ५८ वर्षीय सुरीको हत्या भएको हो ।

उनी कट्टरपन्थी धार्मिक समूह हिन्दू शिवसेनाका स्वघोषित नेता थिए । उनको हत्यासँग सम्बन्धित रहेको आशङ्कामा एक स्थानीय व्यापारीलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्