Logo

झापा विद्युतीय व्यवसायी संघले जग्गादाता अग्रवाल दम्पत्तीलाई गर्यो सम्मान



विर्तामोड,१५ वैशाख । झापा विद्युतीय व्यवसायी संघले भवन निमार्णकालागि निशुल्क जग्गा दान गर्ने व्यवसायी तथा समाजसेवी दिपचन्द्र अग्रवाल र उनकी धर्मपत्नी अनिता अग्रवालाई सम्मान सम्मान गरेको छ । विर्तामोडमा आज आयोजीत नया बर्षको शुभकामना आदान प्रदान तथा संघद्धारा प्रकाशित क्यालेन्डर बिमोचन कार्यक्रमकाबिच संघको भवन निमार्णकालागि निशुल्क जग्गा दान गर्ने व्यवसायी तथा समाजसेवी दिपचन्द्र अग्रवाल र उनी धर्मपत्नी अनिता अग्रवालाई सम्मान गरिएको हो ।

दिपचन्द्र झापा विद्युतीय व्यवसायी संघको संस्थापक अध्यक्ष हुनुन्छ । उहाले संघको भवन निमार्णकालागि बिर्तामोड ४ मा निशुल्क साढे ८ धुर जग्गा प्रदान गर्नुभएको छ । लामो समयदेखि इलेक्ट्रिक व्यवसायमा आबद्ध अग्रवालले सामाजिक उत्तरदायित्व वहन गर्दै संघको भवन निमार्णकालागि जग्गा उपलब्ध गराएको बताउनु भयो ।

अग्रवाल दम्पत्तीलाई बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, संघका अध्यक्ष डिल्लीराम बाराकोटी, निवर्तमान अध्यक्ष भक्क्ती प्रसाद पाठक लगायतले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका हुन् । संघको आफ्नै कार्यालय भवन नहुंदा धेरैनै कठिनाई भइरहेको बताउंदै जग्गादाताका छोरा तथा संघका कोषाध्यक्ष विवेक अग्रवालले कार्यलय भवनको आवश्यकता महशुस गरेर त्यसकालागि आफुहरुको परिवारबाट जग्गा प्रदान गरिएको बताउनु भयो ।

सम्मानित अग्रवालले अब बन्ने संघको भवनकालागि छत ढलानकालागि आवश्यक सम्पूर्ण सामाग्री पनि निशुल्क उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । संघका संस्थापक दिपचन्द्र अग्रवालको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष डिल्लीराम बाराकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका उपाध्यक्ष अम्बर बहादुर कार्कीले गर्नु भएको थियो ।
संघको सचिव रोशन बस्नेतले सञ्चालन गरेको कार्यक्रममा वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, संघको निवर्तमान अध्यक्ष पाठक लगायतले शुभकामना राखेको संघका सह सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो।
कार्यक्रममा क्यालेन्डर प्रकाशनमा सहयोग पु¥याउने व्यवसायीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्