Logo

खेअरसनबाट सर्वसाधारणको उद्धार गर्न पुटिनको स्वीकृति



रुस, १९ कात्तिक । दक्षिणी युक्रेनमा रुसले कब्जा गरेको खेअरसनका केही भागबाट सर्वसाधारणलाई उद्धार गर्ने प्रक्रियालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वजनिक स्वीकृति दिएका छन् ।

किएभका सैन्य बलहरू उक्त रणनीतिक बन्दरगाह सहरमा निरन्तर अगाडि बढिरहेका छन् ।

पुटिनले ‘सर्वसाधारण जनताले दु:ख पाउन नहुने’ बताउँदै त्यहाँका जोखिमपूर्ण क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई अन्यत्र जान दिइनुपर्ने बताएका हुन् ।

कम्तीमा ७०,००० जना मानिसहरूलाई पहिले नै खेअरसनबाट स्थानान्तरण गरिएको विवरणहरू सार्वजनिक भएका थिए । रुसले फेब्रुअरीमा आक्रमण सुरु गरेयता मस्कोले कब्जामा लिन सकेको यो एक मात्र प्रमुख सहर हो ।

प्रतिक्रिया दिनुहोस्