Logo

बझाङमा मतगणना सुरू

कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा



बझाङ, १६ वैशाख । बझाङमा शनिबार भएको प्रदेश सभा (क) को उपनिर्वाचनअन्तर्गत भएको मतदानको मतगणना सुरु भएको छ ।

बझाङ जिल्ला अदालतको परिसरमा मतगणना सुरु भएको हो । बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेपछि मतगणना सुरु गर्ने सहमति गरेको थियो ।

उच्च हिमाली क्षेत्रका मतपेटिका आइतबार हेलिकोप्टरमार्फत सदरमुकाम चैनपुर ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको हो ।

बझाङ  मा ४९ प्रतिशत मत खसेको थियो। यस क्षेत्रमा ७४ वटा मतदानस्थल र ९३ मतदान केन्द्र छन् भने ६१ हजार ७४८ मतदाता छन्।

नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि रिक्त यस क्षेत्रमा उपनिर्वाचन भएको हो।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा ९एकीकृत समाजवादी० का दिलबहादुर सिंह र नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा मैदानमा छन्।

बझाङमा उम्मेदवार ११ जना भएपनि मुख्यगरि नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्