Logo

सुनसरी-४ मा रोकिएको मतगणना सुरु



सुनसरी, १३ मंसिर । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएर दिउँसो ३ बजेपछि मतगणना सुरु भएको हो । शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो ।

सुनसरी ४ मा कांग्रेसबाट सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ । कार्कीले अग्रता बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्