Logo

शेयर बजार सामान्य बढ्यो



काठमाडौँ, १३ मंसिर । शेयर बजार आज सामान्य बढेको छ ।

सोमवार साढे १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९९ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव ३५ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, फाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर बढेको छ भने होटल, उत्पादन, बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ ।

नेप्से सामान्य बढेको दिन दुई सय ३४ वटा कम्पनीको २५ लाख ८९ हजार कित्ता शेयर ९५ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्