Logo

मनकामना क्याम्पस साहित्यिक परिवारको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न



बिर्तामोड, २१ मंसिर । मनकामना क्याम्पस साहित्यिक परिवारले पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

साहित्यिक परिवारले बुधबार एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारीहरुलाई खादा र अविरल लगाएर पद हस्तान्तरण गरेको हो ।

साहित्यिक परिवारले गत कार्तिक २८ गते प्रियंका उप्रेतीको अध्यक्षतामा ११ सदस्य समिति चयन गरेको थियो ।

उक्त परिवारको उपाध्यक्षमा पूर्णामा दाहाल, सचिवमा भरत प्रसाईं, सह-सचिवमा देव बास्कोटा, कोषाध्यक्षमा आइस्का कार्की, सदस्यहरुमा मन्जिला ढकाल, मेघा लिम्बू, सुजन कठेत, बिरु दर्नाल, जेनिशा खत्री र सुशान्त नेपाल रहेका छन् ।

मनकामना क्याम्पस साहित्यिक परिवारका निवर्तमान अध्यक्ष हरिकष्ण भण्डारीको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा क्याम्पसका शैक्षिक संयोजक कुमार थपलिया, क्याम्पसका प्राध्यापक विष्णु लामिछाने, पूजा काफले खरेललगायतको उपस्थिति रहेको थियो ।

उक्त पद हस्तान्तरण कार्यक्रमको सञ्चालन निवर्तमान सचिव उमेश खतिवडाले गरेका थिए ।

यसैबीच सोही अवसरमा साहित्यिक परिवारले सम्मान तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा मनकामना क्याम्पस साहित्यिक परिवारका संस्थापक अध्यक्ष सि.एम ढुंगेल, संस्थापक कोषाध्यक्ष सागर आचार्य, पूर्व अध्यक्ष संगिता कोइराला, निवर्तमान अध्यक्ष हरिकृष्ण भण्डारी र निवर्तमान सचिव उमेश खतिवडालगायत रहेका छन् ।

मनकामना क्याम्पस साहित्यिक परिवारका अध्यक्ष प्रियंका उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका शैक्षिक संयोजक कुमार थपलिया, क्याम्पसका प्राध्यापक विष्णु लामिछाने, साहित्यिक परिवारका संस्थापक अध्यक्ष सिएम ढुंगेल, पूर्व अध्यक्ष संगिता कोइराला, निवर्तमान अध्यक्ष हरिकृष्ण भण्डारी लगायतले आ-आफना धारणा राखेका थिए ।

सो अवसरमा आफना धारण राख्दै क्याम्पसका शैक्षिक संयोजक थपलियाले परिवारले विध्यार्थी वर्गमा सकारात्मक र उत्प्रेरणामुलक साहित्यिक भावना ओतप्रोत गर्न सकेकाले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

उक्त  कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले क्रमशः गजल, मुक्तक, कविता आदि प्रस्तुत गरेका थिए ।

मनकामना क्याम्पस साहित्यिक परिवारका सह-सचिव देव बास्कोटाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भरत प्रसाईंले गरेका थिए ।

विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले कलेजमा २०७२ सालमा स्थापित साहित्यिक परिवारले विभिन्न समयमा विविध कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्