Logo

चोलेन्द्रको कार्यकाल आजदेखि सकियो



काठमाडौँ, २७ मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कार्यकाल आजदेखि सकिएको छ ।

२०७५ साल पुस १८ गते प्रधानन्यायाधीश पदको शपथ लिएर कार्यभार सम्हालेका जबराको ६५ वर्षे उमेर हदका कारण आजदेखि कार्यकाल सकिएको हो ।

प्रधानन्यायाधीश भएको सुरुको अवधिमा न्यायालयको शुद्धीकरण अभियान सुरु गरेका जबरामाथि न्यायपालिकामा विचलन ल्याएको लगायत आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधि सभामा महाअभियोग दर्ता भएको थियो । महाअभियोग दर्तासँगै निलम्बनमा परेको जबराविरुद्धको महाअभियोग निष्कर्षमा नपुगि उमेर हदका कारण कार्यकाल सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्