Logo

मतपरिणाम बदर गर्न माग गर्दै खनालद्वारा सर्वोच्चमा रिट



काठमाडौँ, २८ मंसिर । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम-१ को निर्वाचन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई विजयी गराइएको भन्दै खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा खनालले निर्वाचन आयोग, इलाम-१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित संघीय संसद् सचिवालय विपक्षी बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्