Logo

पुसमा बजारमा तरलताको अभाव झनै बढ्छ: अधिकारी



काठमाडौँ, २८ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताएका छन् ।

बुधवार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बजारमा अहिले तरलतामा केही सहज भइरहे पनि पुस महिनामा भने तरलतामा चुनौती आउने बताए । तरलताको चुनौतीलाई समाधान कसरी गर्ने भन्ने बारेमा राष्ट्र बैंक लागिपरेको उनको भनाइ थियो ।

गभर्नर अधिकारीले गएको आर्थिक वर्षमा राष्ट्र बैंकले तरलता सहजताका लागि ९७ खर्ब रुपैयाँ बजरमा पठाएको बताए । राष्ट्र बैंकले आवश्यक कामहरू गरिरहे पनि अझै बजारमा सहजता भने भइनसकेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्