Logo

शेयर बजार दोहोरो अङ्कले बढ्यो



काठमाडौँ, ५ पुस । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स होटल र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

दुई सय ५७ वटा कम्पनीको ३० लाख २२ हजार कित्ता शेयर ९३ करोड आठ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको छ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्