Logo

राप्रपा संसदीय दलकाे नेतामा राजेन्द्र लिङ्देन चयन



काठमाडौँ, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।

मङ्गलवार बसेको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले लिङ्देनलाई संसदीय दलको नेतामा चयन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्