Logo

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ठकुरी पक्राउ



उदयपुर, २३ पुस । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

कटारी नगरपालिका-७ रिस्कु बस्ने २३ वर्षीय राम शाही ठकुरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

ठकुरीले ती महिलालाई बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्