Logo

दार्चुलामा तुइनबाट खसेर बालक बेपत्ता



दार्चुला, २३ पुस । दार्चुलामा तुइनबाट खसेर एक जना बालक बेपत्ता भएका छन् ।

व्यास गाउँपालिका वडा नम्बर ४ डोकटमा रहेको कौनेणी तुइनबाट खसेर स्थानीय १० वर्षका बालक दीपेन्द्र बिष्ट बेपत्ता भएका हुन् ।

घाँस काट्न भारतीय भूमीतर्फ गएकी आमासँगै गएका बालक तुइनबाट खसेका व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिए । घटना गएको बिहिबार नै भएको भए पनि सञ्चार सुविधा नभएकोले आज मात्रै थाहा भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाबारे औपचारिक जानकारी नआएको बताएको छ । बिहिबार भएको घटनाबारे आज मात्रै थाहा पाएपछि बुझ्नको लागि घटनास्थलमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्