Logo

सुदूरपश्चिम प्रदेश : सभामुखका लागि आज पुन: मतदान हुँदै



कञ्चनपुर, ३० पुस । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ ६ बजे पुन: मतदान हुने भएको छ ।

बिहीबार भएको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि आज पुन: मतदान हुन लागेको हो ।

आज बिहान बसेको सर्वदलीय बैठकमा सबै दल सहमत भएपछि चुनावको मिति तोकिएको हो । सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ मत चाहिन्छ । तर बिहीबारको चुनावमा गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत प्राप्त गरे भने कांग्रेसका रावलले २३ मत पाएका थिए ।

सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक तथा कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एक स्वतन्त्र सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्