Logo

सुनको भाउ ताेलाकाे एक लाख पाँच हजार रुपैयाँ नाघ्याे



काठमाडौँ ६ माघ । सुनको भाउ बढेर तोलाको एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ ।

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीवार सुनको भाउ तोलामा एक लाख चार हजार पाँच सय रुपैयाँ थियो ।

यसअघि पोहोर फागुन २५ गते सुनको भाउले नयाँ कीर्तिमान बनाएको थियो । त्यति बेला सुनको भाउ बढेर तोलामा एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसयता भाउ घट्न थाले पनि फेरि सुनको भाउ बढ्न थालेको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्