Logo

शेयर बजार दोहोरो अङ्कले बढ्यो



काठमाडौँ, ११ माघ । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ ।

आज शेयर बजार परिसूचक नेप्से १० दशमलव ३७ अङ्कले बढेर दुई हजार १८३ दशमलव ६२ अङ्कमा पुगेको छ ।

आज बैंक, फाइनान्स र अन्य समूह बाहेक सबै समूहको शेयर बढ्दा बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

दुई सय ६१ वटा कम्पनीका ९५ लाख कित्ता शेयर तीन अर्ब ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धरै नेशनल हाइड्रोपावरको १० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

आज ग्रिनलाइफ हाइड्रोपावर कम्पनी, आदर्श लघुवित्त, सानिमा जिआइसी इन्स्युरेन्स र सूर्यज्योली लाइफ इन्स्युरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्