Logo

राष्ट्रपति निर्वाचनको विषयमा दायाँबायाँ सोच्नु हुन्न: खड्का



काठमाडौँ, १५ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आउँदो फागुन २८ गतेअगावै सम्पन्न हुने गरी राष्ट्रपति पदको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले निर्वाचन आयोगले दायाँबायाँ नसोची, नहेरी मिति घोषणा गर्नुपर्ने उल्लेख गरेका छन् ।

“दायाँबायाँ नसोची, नहेरी !,” उनले लेखेका छन्, “निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ । यसतर्फ बेलैमा ध्यान जाओस् ।”

प्रतिक्रिया दिनुहोस्