Logo

रवि लामिछाने पुन: राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति चयन



काठमाडौँ, १५ माघ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन: चयन भएका छन् ।

धुम्बाराहीमा आइवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो ।

गएको शुक्रवार सर्वोच्च अदालतले लामिछानेको नागरिकता नै अवैध ठहर गरेपछि उनको पार्टी सभापति, सांसद र मन्त्री पद नै खारेज भएको थियो । तर आज नागरिकता पुन: कायम भएपछि उनी फेरि सभापति हुन योग्य भएका हुन् ।

यसअघि नै नेपालको नागरिकता लिइसकेका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्यागेका थिए । तर अमेरिकी नागरिकता परित्याग गरेपछि पुन: नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्