Logo

चितवन-२ मा अग्रता बढाउँदै रवि लामिछाने



चितवन, ११ वैशाख । प्रतिनिधि सभा सदस्यको उपचुनावअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेले अग्रता बढाउँदै लागेका छन् ।

पछिल्लो मतपरिणामअनुसार लामिछानेले तीन हजार छ सय दुई मत प्राप्त गरेका छन् भने नेकपा एमालेका  रामप्रसाद न्यौपानेले दुई हजार ८२ मत प्राप्त गरेका हुन् । लामिछाने र न्यौपानेबीच एक हजार पाँच सय २० मतको अन्तर रहेको छ ।

यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले एक हजार चार सय ९४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्