Logo

फ्लाई दुबईले फोर्स ल्याण्डिङ गरेन, गन्तव्यतर्फ उड्यो विमान



काठमाडौँ, ११ वैशाख । काठमाडौँबाट दुबई उडेको फ्लाई दुबईको जहाजको इन्जिनमा समस्या आएको जहाज गन्तव्य तर्फ गएको छ । त्रिभुवन विमानस्थलमा फोर्स ल्याण्डिङको तयारी गरिएकोमा पाइलटले गन्तव्यतर्फ उडान गरेको बताइएको छ ।

विमानस्थल उड्नासाथ ठूलो आवाजसहित झिल्का देखिएको थियो । १२० नेपालीसहित १६९ जना यात्रु बोकेको जहाजमा इन्जिनमा समस्या आएको विमानस्थलले जनाएको छ ।

फोर्स ल्याण्डिङका लागि विमानस्थलमा एम्बुलेन्स र दमकलसहित तयारी अवस्थामा राखिएको थियो । तर, जहाजको दोस्रो इन्जिनबाट नियमित उडान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्