Logo

ढिस्कोले पुरिएर इलाममा चार जना भारतीय कामदारको मृत्यु



इलाम, २३ वैशाख । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जना भारतीय कादारको मृत्यु भएको छ ।

स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर मेत्यु हुनेमा १८ देखि २० वर्ष उमेर समूहका छन् । उनीहरु बिहार किसनगञ्जका तोसिव आलम, सोही ठाउँ बस्ने अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले चारैजनाको ढिस्कोले पुरेर मृत्यु भएको जानकारी दिए । उनका अनुसार सूर्याेदय नगरपालिका १० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो ।

प्रतिक्रिया दिनुहोस्