Logo

काभा महिला भलिबल च्यालेन्ज कप: नेपालले किर्गिस्तानलाई हरायाे



काठमाडौँ, ८ जेठ । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई हराएर सुखद सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा नेपाल ३-० को सोझो सेटमा विजयी भयो । नेपालले पहिलो सेट २५-११ ले, दोस्रो सेट २५-१९ ले र तेस्रो सेट २५-११ ले जित्यो ।

एसियाको मध्यम स्तरको प्रतियोगिता जित्ने अवसरका रुपमा प्रतियोगितालाई लिइएको छ । आजै भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलङ्कालाई २७-२५, २५-२० र २५-१४ को सेटमा हराएको हो ।

यस्तै, दोस्रो खेलमा भारतले बङ्लादेशलाई ३-० को सोझो सेटमा हरायो । भारतले बङ्लादेशमाथि २५-३, २५-९ र २५-६ को सहज जित निकाल्यो । प्रतियोगितामा मध्य एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत बङ्लादेश र किर्गिस्तान छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्