Logo
  बैशाख ८, २०८१ शनिबार

साङ्गवेद संस्कृत विद्यालयका विद्यार्थीलाई कमलाले दिइन् झोला



बिर्तामोड, ११ जेठ । खेलकुद विकास समिति बिर्तामोड-२ की अध्यक्ष कमला लिम्बूले विद्यार्थीलाई झोला वितरण गरेकी छन् ।

बिर्तामोड नगरपालिका वडा नं.२ चारपानेमा रहेको साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका १४ जना विद्यार्थीलाई लिम्बूले बिहीबार झोला वितरण गरेकी हुन् ।

उक्त झोला वितरण कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं.२ का वडाध्यक्ष किशोरकुमार पौडेल, वडा सचिव पुष्पा खनाल, विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी, शिक्षक र विद्यार्थी लगायतको उपस्थिति रहेको थियोे ।

सो अवसरमा बोल्दै खेलकुद विकास समितिकी अध्यक्ष लिम्बूले विद्यार्थीहरुलाई झोला वितरण गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा पनि आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।

उक्त अवसरमा बिर्तामोड नगरपालिका वडा नं.२ का वडाध्यक्ष किशोरकुमार पौडेल, विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

उक्त झोला वितरण कार्यक्रमको सञ्चालन शिक्षक भरत भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्