Logo

मुम्बईलाई हराउँदै गुजरात फाइनलमा



भारत, १३ जेठ । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ ।

गएराति अहमदावादमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात उपाधि नजिकै पुगेको हो ।

गुजरातले दिएको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १ सय ७१ रन बनाउँदा अलआउट भयो । मुम्बईका सूर्यकुमार यादवले ६१, तिलक वर्माले ४३ र क्यामरन ग्रिनले ३० रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गुजरातका मोहित शर्माले पाँच तथा मोहम्मद शामी र राशिद खानले २-२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका शुभमन गिलले १ सय २९ रन बनाए । गुजरातले अब उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्