Logo

तलब र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो: अर्थमन्त्री



काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भएको बताएका छन् ।

संसदमा आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गर्दै उनले बजेटको ८० प्रतिशतभन्दा धेरै रकम सरकारी कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा भत्ता र चालु प्रकृतिमा खर्च हुने हुँदा पुँजीगत बजेट घट्दै गएको देखिएको बताएका हुन् ।

संरचनागत र नीतिगत अप्ठ्याराका कारण आर्थिक गतिविधि कमजोर हुँदा वृद्धिदर कम हुने देखिएको अर्थमन्त्रीको भनाइ छ । कोभिड र युद्धका कारण मूल्यवृद्धि भएको र चर्को ब्याजदरका कारण लगानीमा कमी आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्