Logo

बिर्तामोडमा करेन्ट लागेर मजदुरको मृत्यु



झापा, १५ असार । बिर्तामोडमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-३ निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन् ।

आज घैलाडुब्बा-बिर्ताबजार सडक खण्डअन्तर्गत बिर्तामोड-२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लागेको थियो ।

सडक निर्माणको क्रममा करेन्ट लाग्दा राजवंशीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्