Logo

सिङ्गापुरलाई हराउँदै नेपाल फाइनलमा



मलेसिया, १८ असार । .नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिङ्गापुर ३१ ओभर ३ बलमा ८७ रनमा अलआउट भयो । सिङ्गापुरका रोशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए । बलिङतर्फ नेपालका कार्तिक कामतले ३ तथा सन्तोष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतीक पोखरेलले १-१ विकेट लिएका थिए ।

यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपालका सूर्यांशु कोइरालाले ४३ र निरजकुमार यादवले ४२, अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले नटआउट १२, प्रतीक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाएका थिए ।

नेपालले मङ्गलबार उपाधिका लागि मलेसियासँग खेल्नेछ । मलेसियाले अर्को सेमिफाइनल खेलमा हङकङलाई ७८ रनले हराउँदै फाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्