Logo

दुर्घटनामा घाइते प्रा.डा.यादवको निधन



विराटनगर, १८ असार । दुर्घटनामा घाइते सप्तरीका प्रा.डा.पञ्चदेव यादवको ६३ वर्षको उमेरमा आज निधन भएको छ ।

नेपाल राष्ट्रिय प्राध्यापक सङ्घ मधेस प्रदेशका अध्यक्ष एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका प्रा.डा.यादवको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन् । प्रा.डा.यादवको साढे एक महिनादेखि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको थियो ।

ज्ञानज्योति सेकेन्डरी स्कुल राजविराजका संस्थापकसमेत रहेका यादव गत जेठ ३ गते राजविराज नगरपालिका-२ स्थित राजविराज-हनुमाननगर सडकखण्डमा सवारी दुर्घटनामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्