Logo

आधुनिक साकोसको बिर्तामोड सेवा केन्द्र स्थापना दिवसको अवसरमा सदस्य शिक्षा कार्यक्रम



बिर्तामोड, ७ असोज । आधुनिक बचत तथ ऋण सहकारी संस्था (आबस) बिर्तामोड सेवा केन्द्रले १० औँ स्थापना दिवसको अवसर पारेर आइतबार सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

साकोसका सञ्चालक समिति सदस्य तथा बिर्तामोड व्यवस्थापन उपसमिति संयोजक कविता थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आधुनिक साकोसका अध्यक्ष कमल थापा रहेका थिए ।

उक्त अवसरमा आइटी विभाग प्रमुख माधव भट्टराईले डिजिटल मार्केटिङ सम्बन्धी तथा संस्थाका व्यवस्थापक पारस ओलीले सहकारी र बचतका बारेमा सहजीकरण गरेका थिए ।

सो कार्यक्रममा प्रारम्भिक पाँच जना सदस्यलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा तोयानाथ घिमिरे, सिर्जलाल चौधरी, रत्नकुमारी चापागाईं, रेखादेवि कुँवर बस्नेत र कविता खड्का रहेका छन् ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अथिति साकोसका अध्यक्ष थापा, सञ्चालक समितिका सचिव भिमप्रसाद लम्साल, सदस्य कृष्णकान्त खनिया, रामबहादुर तामाङ, चुडामणि बराल, लेखा समिति सदस्य ओमप्रकाश भट्टराई, व्यवस्थापन उपसमिति सदस्य गौरीमाया चिमरिया नेपाल, नेपाल पत्रकार महासंघ झापाका सदस्य स्वस्तिका आचार्य, पत्रकार गोपाल काफले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साकोसका उपाध्यक्ष युवराज भट्टराईले औचित्य माथि प्रकाश पारेका थिए भने बिर्तामोड व्यवस्थापन उपसमिति सदस्य सिर्जलाल चौधरीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन बिर्तामोड कार्यालय प्रमुख प्रियंका उप्रेतीले गरेकी थिइन्  ।

प्रतिक्रिया दिनुहोस्