Logo

विद्यार्थी विदेश पलायन भइरहेकाेबारे अध्ययन गराैँ: शिक्षामन्त्री



काठमाडौँ, १६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको बताएका छन् ।

मङ्गलवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि भएको छलफलमा शिक्षामन्त्री राईले विद्यार्थीहरू विदेश पलायन भइरहेको भन्दै यसको अध्ययन गर्नुपर्ने बताएका हुन् ।

उनले नेपाल विश्वविद्यालयले नयाँ ढङ्गले पाठ्यक्रम तर्जुमा गरेको र यसले विदेश जाने विद्यार्थीहरूलाई रोक्ने सम्भावना रहेको उल्लेख गरेका थिए । अहिले सञ्चालन भइरहेका विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप धेरै रहेको उनको भनाइ छ ।

उनले भने, ‘विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन गरौँ । नेपाल विश्वविद्यालयले नयाँ ढङ्गले पाठ्यक्रम तर्जुमा गरेका हुँदा विदेश जाने विद्यार्थीहरूलाई रोक्ने सम्भावना रहन्छ भन्ने देखिएको छ । नेपाल विश्वविद्यालय विधेयकको परिकल्पना गर्ने टिम बौद्धिक व्यक्तित्वको रहेछ । चालु विश्वविद्यालय भन्दा फरक विशेषताका साथ विश्वविद्यालय सञ्चालन गर्ने भनेर अग्रसर हुनुभएको रहेछ ।’

प्रतिक्रिया दिनुहोस्