Logo

घाँटीमा मासु अड्किएर विकको ज्यान गयो



दैलेख, ५ कात्तिक । घाँटीमा मासु अड्किएर दैलेखमा आज एक जनाको ज्यान गएको छ ।

घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका-६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएको वडा सदस्य खगिसरा विकले जानकारी दिए ।

मृतक विकका तीन छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्