Logo

भारतले दियाे न्युजिल्यान्डलाई ३ सय ९८ रनकाे लक्ष्य



भारत, २९ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ३ सय ९८ रनकाे विशाल लक्ष्य दिएकाे छ ।

मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनाएको हो ।

भारतका विराट काेहली र श्रेयस अय्यरले शतक बनाए । काेहली १ सय १३ बलमा १ सय १७ र अय्यर ७० बलमा १ सय ५ रन बनाएर आउट भए । यस्तै शुभमन गिलले ६६ बलमा ८०, कप्तान राेहित शर्माले २९ बलमा ४७ र केएल राहुलले २० बलमा ३९ रन जाेडेका हुन् ।

बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए । न्युजिल्यान्डले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्