Logo
  मंसिर १३, २०८० बुधबार

ज्येष्ठ नागरिकको सम्मानमा राज्यले कुनै कञ्जुस्याइँ गर्नु हुँदैन: सभामुख घिमिरे



झापा, ३ मङ्सिर । सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकहरुको सम्मानमा राज्यले कुनै कञ्जुस्याइँ गर्न नहुने बताएका छन् ।

आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा सभामुखले ज्येष्ठ नागरिकहरु सबैका साझा अभिभावक भएकाले उहाँहरुको सम्मान आवश्यक भएको बताएका हुन् ।

आफ्नो जीवनको उर्वर समय, श्रम र सीप सबै मुलुकका निम्ति खर्चिएका ज्येष्ठ नागरिक बूढेसकालमा अपहेलित हुने गरेकाले उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताए ।

त्यस अवसरमा सभामुख घिमिरेले बिर्तामोड र कनकाई नगरपालिकाका एक सय ५० जना ज्येष्ठ नागरिकलाई ढाका टोपी, खास्टो र लौरो वितरण गरेका हुन् ।

लौरो प्रदान गरिएका ज्येष्ठ नागरिकलाई यातायात खर्च पनि उपलब्ध गराइएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी, प्रदेश सांसद एकराज कार्की, छवि चुडाल, नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्