Logo

नेपाल सुपर लिग: पोखरा र चितवन तथा बुटवल लुम्बिनी र ललितपुर खेल्दै



काठमाडौँ, ९ मङ्सिर । नेपाल सुपर लिग (एनएसएल) मा आज दुई वटा खेल हुँदैछन् ।

आज पोखरा थन्डर्स र एफसी चितवन तथा बुटवल लुम्बिनी एफसी र ललितपुर सिटीबीच खेल हुनेछ ।

पोखरा र चितवनबीचको खेल दिउँसो एक बजे तथा बुटवल लुम्बिनी र ललितपुरको खेल बेलुका साढे ५ बजे शुरु हुनेछ । यी खेल दशरथ रङ्गशालामा हुनेछन् ।

एनएसएलको दोस्रो संस्करण शुक्रबारदेखि शुरु भएको हो । हिजो भएको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्सले विजयी शुरुवात गरेको छ ।

काठमाडौँले नवप्रवेशी स्पोर्टिङ इलाम एफसीलाई १-० गोलले हराएको हो । दोस्रो संस्करणको प्रतियोगितामा ९ वटा टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्