Logo

म्यानचेस्टर युनाइटेडको जितमा गार्नाचोको सानदार गोल



बेलायत, ११ मंसिर । इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले जित हासिल गरेको छ ।

युनाइटेडले एभर्टन माथि ३-० को जित निकालेको हो । म्यानचेस्टर युनाइटेडका लागि अलेहान्द्रो गार्नाचो, मार्कस र्यासफर्ड र एन्थोनी मार्सीयालले एक-एक गोल गरेका हुन् ।

खेलको अग्रता युनाइटेडले तेस्रो मिनेटमा नै गार्नाचोको उत्कृष्ट गोलको मद्दतले लियो । डियोगो डालोटको क्रसमा गार्नाचोले अविस्मारणिय बाईसाइकल गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।

पहिलो गोल गरेपछि खेलमा केहीबेर लय बिराएको युनाइटेडले दोस्रो हाफको सुरुवातमा नै पेनाल्टी मार्फत अग्रता दोब्बर गर्ने अवसर पायो । एस्ली योङले मार्सीयालमाथि फाउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । पेनाल्टीमा र्यासफर्डले गोल गर्दै अग्रता दोब्बर बनाए ।

पेनाल्टी जितेका मार्सीयालले ब्रुनो फर्नान्डेजको पासमा राम्रो फिनिश गर्दै ७५औं मिनेटमा तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । जितपछि युनाइटेड १३ खेलमा २४ अंक सहित छैठौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्