Logo

समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थाले: मन्त्री शर्मा



काठमाडौँ, ३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको बताएकी छन् ।

बुधबार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासोहरु बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर विस्तारै आकर्षित भइरहेको बताएकी हुन् ।

उनले अध्ययन/अध्यापन र परीक्षा, नतिजालगायका विषयहरु सूचना र प्रविधिसँग जोड्दा समस्या समाधान हुने बताइने । उनले अनलाइन माध्यमबाट अघि बढ्न विश्वविद्यालय पनि माथि उठ्ने विश्वास व्यक्त गरेकी थिइन् ।

‘त्रिविसँग केही गुनासा छन् । नतिजा र परीक्षाका समस्याका बारेमा । समयमै नहुने समस्या छ । त्यसले गर्दा निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर विस्तारै आकर्षित भइरहेका छन् । त्यहाँ जानुपर्ने बाध्यात्मक स्थिति पनि सिर्जना भइरहेको छ । त्रिवि राम्रो हो तर के गर्नु रु समयमा नतिजा आउँदैन, परीक्षा हुँदैन । कोर्स पूरा हुँदैन भन्ने गुनासो छ ।,’’ मन्त्री शर्माले भन्नि, ‘‘परीक्षा, नतिजालगायतका सबै कुरालाई सूचना र प्रविधिमा लाग्यौँ भने यस्ता समस्या अन्त्य भएर जान्छन् । हामीले हाम्रा परीक्षा प्रणाली, अध्ययनका कुरालाई सूचना र प्रविधिको प्रयोग गरेर अरु विषय पनि सूचना र प्रविधिको प्रयोग गरेर अघि बढ्ने हो भने त्रिविप्रतिका गुनासा समाधान हुनेछन् । विश्वविद्यालयमाथि उठ्नेछ । आईटीलाई राज्यले अत्यावश्यक चिज हो भनेर स्वीकार त गरेको छ, केही समअघिसम्म अत्यावश्यकीय सेवाको रुपमा लिन सकिएको थिएन ।’’ मन्त्री शर्माले सूचना तथा सञ्चार क्षेत्रलाई राज्यले अत्यावश्यक रुपमा लिन नसक्दा यी समस्या सिर्जना भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्