Logo

एसियन कप फुटबल: दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा



कतार, २० माघ । एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा पुगेका छन् ।

शुक्रबार राती सम्पन्न खेलमा दक्षिण कोरियाले अष्ट्रेलियालाई २-१ गोलले र जोर्डनले ताजकिस्तानलाई १-० गोलले हराएको हो ।

खेलको पहिलो हाफमा अष्ट्रेलियाले गुडविनको गोलमा अग्रता बनाएको थियो । तर दक्षिण कोरियाले खेलको इन्जुरी समयमा पेनाल्टी पायो । ह्वांग हि-चानले पेनाल्टीमा गोल गरेपछि खेल बराबरी भयो । अतिरिक्त समयमा कप्तान सन ह्यूङ मिनले फ्रिकिकमा गोल गरेपछि दक्षिण कोरिया विजयी भएको हो ।

दक्षिण कोरियाले अब सेमिफाइनलमा जोर्डनसँग खेल्नेछ । जोर्डन इतिहासमा पहिलो पटक एसियन कपको सेमिफाइनलमा पुगेको हो । जोर्डनले खेलको ६६ औँ मिनेटमा उपहारमा पाएको गोल नै जितका लागि पर्याप्त भयो । कर्नर किक क्लियर गर्ने क्रममा ताजकिस्तानका भाखदात खानोनोभले बल आफ्नै पोष्टमा पुर्याएका थिए ।

क्वाटरफाइनलमा आज बेलुका सवा ५ बजे इरान र जापान तथा राति सवा ९ बजे कतार र उज्बेकिस्तान खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्