Logo

एसियन कप फुटबल: कतार र इरान सेमिफाइनलमा



कतार , २१ माघ । साविक विजेता कतार र इरान एसियन कप फुटबलको सेमिफाइनलमा पुगेका छन् ।

गएराति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा तीन वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई ३-२ ले हराउँदै कतार अन्तिम चारमा पुगेको हो ।

निर्धारित समय र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । कतारले अब फाइनल पुग्न इरानसँग खेल्नेछ ।

इरानले शनिबार नै भएको खेलमा जापानलाई २-१ गोलले हरायो । अर्को सेमिफाइनलमा जोर्डन र दक्षिण कोरिया खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्