Logo

यू-१९ विश्वकप क्रिकेट: दक्षिण अफ्रिकालाई हराउँदै भारत फाइनलमा



दक्षिण अफ्रिका, २४ माघ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा भारत फाइनलमा पुगेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै भारत फाइनलमा पुगेको हो ।

बेनोनीमा दक्षिण अफ्रिकाले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभर ५ बलमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । भारतका सचिन दासले सर्वाधिक ९६ रन बनाए भने कप्तान उदय शरणले ८१ रन जोडेका थिए ।

दक्षिण अफ्रिकाका क्वेना मफाका र ट्रिस्टन लुइसले तीन-तीन विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । उसका लुआन प्रेटोरिअसले ७६ र रिचार्ड सेलेटस्वेनले ६४ रन बनाएका हुन् ।

भारतका राज लिम्बानीले ३ विकेट लिए । दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र पाकिस्तान खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्