Logo

कतारमा मृत्युदण्ड सुनाइएका भारतीय जलसेनाका आठ पूर्वअधिकारी रिहा



कतार, २९ माघ । कतारले मृत्युदण्डको फैसला सुनाएका आठ जना भारतीय नागरिक रिहा भएका छन् ।

कतारको एउटा अदालतले मुक्त गर्ने आदेश दिएपछि उनीहरु रिहा भएका बीबीसीले जनाएको छ । उनीहरू भारतीय जलसेनाका पूर्वकर्मचारी हुन् । कतारको निजी सुरक्षा कम्पनीमा काम गर्ने ती आठ जना भारतीय नागरिकले कतारी जलसेनालाई विभिन्न तालिम दिन्थे ।

उनीहरु सन् २०२२ को सेप्टेम्बर महिनामा पक्राउ परेका थिए । कतार र भारत दुवैले उनीहरू कुन अभियोगमा दोषी ठहर भएर सजाय पाएका थिए भन्ने खुलाएका छैनन् । समाचारसंस्था रोयटर्सका अनुसार ती आठ जनाविरुद्ध इजरायलका लागि गुप्तचरी गरेको अभियोग लगाइएको थियो ।

मुक्त भएकामध्ये सात जना भारत फर्किसकेका भारतीय विदेश मन्त्रालयले बताएको छ । भारत सरकराले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गरी कुटनीतिक पहल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्