Logo

नामिबियाविरुद्ध नेपाल १६८ रनमा अलआउट



काठमाडौँ, ९ फागुन । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ को आफ्नो तेस्रो खेलमा नामिबियासामु १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको हो ।

नेपालका लागि ओपनर आसिफ सेखले ५८ रन बनाए भने कुशल मल्लले ३६, भीम सार्कीले २६ र कुशल भुर्तेलले १८ रन जोडेका थिए ।

नामिबियाका बर्नार्ड स्कल्जले र जान निकोल लोफ्टी–इटोनले समान चार विकेट लिए भने ज्याक ब्रासेल र गेरहार्ड इरास्मसले एक-एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्