Logo

इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुन्छ: जो बाइडेन



अमेरिका, १५ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुन सक्ने बताएका छन् ।

उक्त सम्झौतामा कैयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ बन्धकहरूलाई मुक्त गर्न सकिनेछ ।

युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजरायल र हमासबिच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ । उनीहरूले छ साताका लागि युद्ध रोक्न र गाजामा हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणले युद्ध सुरु भएपछि बन्दी बनाइएका इजरायली बन्दीहरूको रिहाइको माग गरिरहेका छन् ।

सञ्चारमाध्यमका अनुसार उक्त सम्झौतामा इजरायलले हिरासतमा लिएका कैयौँ सय प्यालेस्टिनी बन्दीहरूको रिहाइ पनि सामेल हुन सक्नेछ ।

सम्झौता कहिले सुरु हुन सक्छ भनी सोधिएको प्रश्नमा बाइडेनले भने, “अर्को सोमबारसम्ममा युद्धविराम हुनेछ भन्ने मलाई आशा छ, हामी यसको नजिक छौँ, हामीले अहिलेसम्म काम पूरा गरेका छैनौँ ।”

प्रतिक्रिया दिनुहोस्