Logo

पुँजीगत खर्च बढ्न नसक्नु चिन्ताको विषय: महासचिव पोखरेल



जनकपुरधाम, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले पुँजीगत खर्च बढाउन नसक्नु चिन्ताको विषय भएको बताएका छन् ।

आज पार्टी कार्यक्रमका लागि महोत्तरी जानुअघि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीमाझ कुराकानी गर्दै महासचिव पोखरेलले पुँजीगत खर्च बढ्न नसक्दा आवश्यक विकास हुन नसकेको बताएका हुन् ।

“पुँजीगत खर्च बढाउन सकिएको छैन । कर्मचारीको तलब दिन पनि ऋण लिन पर्ने अवस्था छ”, उनले भने । उनले सुशासन लगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए । “अब राष्ट्रियसभाको अध्यक्षको निर्वाचन आउँदैछ । यस विषयमा एमालेको कुनै चासो छैन । हामी बेथितीविरूद्ध खबरदारी गरिरहन्छौँ”, पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस्